स्रोत नखुलेको १० लाख रुपैयाँ सहित एक जना पक्राउ


काठमाडौं – रौतहटको मौलापुर नगरपालिका–६ पथराबुधरामबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँ सहित भारत मोतिहारी ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बस्ने २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त नगद फेला पारी चालक ठाकुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।