अमिष ढुंगेलसहित पाँच जना राष्ट्र बैंकको उपनिर्देशकमा बढुवा


काठमाडौं – नेपाल राष्ट्र बैंकको विभिन्न विभागमा रिक्त रहेको उपनिर्देशक पदमा अमिष ढुंगेलसहित पाँच जना बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्र बैंक र लोकसेवा आयोगले लिएको परीक्षा उर्तीण गर्दै ढुंगेलसहित पाँच जना उपनिर्देशकमा बढुवा भएका हुन् ।

बढुवासँगै ढुंगेल बैंक सुपरीवेक्षण विभागकाे उपनिर्देशक बनेका छन् । यस्तै, निकिता पाठक बैंकर्स प्रशिक्षण केन्द्र, सोम राज नेपाली विदेशी विनिमय व्यवस्थापन विभाग, विनोद बजगाईँ आर्थिक अनुसन्धान विभाग र निकी महर्जन संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका उपनिर्देशक बनेका छन् ।

आन्तरिक प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षा र अन्तर्वाता मार्फत् उनीहरू उपनिर्देशकमा बढुवा भएका हुन् ।