११ वटा सवारीको प्रदूषण परीक्षण गर्दा ७ वटा फेल


काठमाडौं – काठमाडौँ महानगरपालिका महानगर प्रहरी बल, वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त तत्त्वधनमा आज महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको सवारी प्रदूषण जाँच गरिएको  छ । 

उपत्यकाको सुकेधारामा ११ वटा सवारी साधनको प्रदूषण जाँच गर्दा ७ वटा सवारी साधन फेल भए भने ४ वटा सवारी साधन ठिक हालतमा रहेका महानगरले जनाएको छ । महानगरले फेल भएका सवारी साधनहरूलाई जनही  ५ सयका दरले जरिवाना गरिएको छ ।