भारतीय केन्द्रिय बैंकले व्याजदर बढायो 

भारतीय केन्द्रिय बैंकले व्याजदर बढायो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले ब्याजदर बढाएको छ। मौद्रिक नीति कमिटिको बैठकले रिपो रेटलाई ३५ बेसिसी पोइन्ट्स अर्थात् ०.३५ प्रतिशतले बढाएर ६.३५ प्रतिशत पुर्याएको हो । यस अघि ५० बेसिस पोइन्टसले ब्याज वृद्धि गरिएकोमा यस पटक पहिलेको भन्दा कम वृद्धि भएको हो । रिपो रेट भनेको बैंकहरुले केन्द्रीय बैंकसँग ऋण लिंदा तिर्ने ब्याजदर हो।

त्यस्तै तरलता कायम गर्न बैंकहरुले केन्द्रीय बैंकसँग लिने सापटीको दर ३५ बेसिसी पोइन्ट्सले बढाईएको छ ।  बढ्दो मूल्य वृद्धि रोक्ने प्रयास स्वरुप केन्द्रीय बैंकले ब्याज बढाएको हो ।

भारतीय केन्द्रीय बैंकका गभर्नर शासिकांत दासले तरलताको समस्या पनि सहज हुदै गएको बताएका छन् । उनले केन्द्रीय बैंकले आर्थिक वृद्धिको यस अघिको ७ प्रतिशतको लक्ष्यलाई घटाएर ६.८ प्रतिशत कायम गरिएको बताएका छन् ।