राष्ट्र बैंक भन्छ, ‘अनधिकृत कारोबारबारे तत्काल खबर गरौं’


काठमाडौं – नेपाल राष्ट्र बैंकले आफ्नो बैंक खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ खबर गर्न अनुरोध गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै खाताबाट अनधिकृत कारोबार भएको थाहा पाएमा तत्काल त्यस्तो इकाईमा खबर गर्नुपर्ने बताएको हो ।

केन्द्रीय बैंकले आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरु थाहा पाइराख्न समेत अनुरोध गरेको छ ।