मोरङमा ब्याजदर वृद्धिको विरोधमा कालो कपडा लगाएर उद्योगी व्यवसायीको प्रदर्शन  

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, विराटनगर ।
बैंकको चर्को ब्याजरदर विरुद्ध मोरङका उद्योगी व्यवसायीले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका छन्। मनोमानी रुपमा बैंकले चर्को ब्याजरदर बढाएको गुनासो गर्दै चुनावको मुखमा मोरङका उद्योगी व्यावसायी सडक संघर्षमा उत्रिएका हुन् । आन्दोलनमा  उत्रिएका उद्योगी व्यवसायीले तत्काल बढेको ब्याजदर फिर्ता गर्न माग गरे।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसघंले बुधबार निकालेको जुलुसले बजार परिक्रमा गर्दै नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो ।
बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिले उद्योग, व्यवसाय धारासायी बनेको उनीहरुको भनाइ छ।
 
चर्को ब्याजदरबारे  सरकारको ध्याकर्षण गराउन प्रदर्शन गरिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । प्रदर्शनमा उद्योगी व्यापारीसँगै सर्वसाधारण पनि सहभागी थिए ।