काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एशोसिएसन (नाइमा) ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसामु नाइमाले आगामी मौद्रिक नीतिका लागि सुझाव पेस गरेको हो ।
नाइमाले विद्युतीय र इन्जिन सवारीसाधनमा कर्जा अनुपात व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड, सवारीको प्रकृति र बजारको माग अनुसार पुनरावलोकन गरिदिन माग गरेको छ । नाइमाले सबै प्रकारका सवारीका लागी ८०-२० कर्जा अनुपात कायम गरिदिन राष्ट्र बैंकलाई माग गरेको छ भने यस्तो नीति समायोजनले उपभोक्ता पहुँच वृद्धि, अटो बजार विस्तार र देशको समग्र आर्थिक लक्ष्य हाँसिल गर्न टेवा पुग्ने विश्वास लिएको छ ।
त्यस्तै, नाइमाले कर्जाका लागि जोखिम भारित सम्पत्तिको दर अहिलेको १०० बाट ७५ कायम गर्न समेत सुझाव दिएको छ । सवारी साधनको मूल्य टिकाउ र पुनर्बिक्री सम्भावना राम्रो भएकाले यो परिवर्तनले कर्जा सजिलै उपलब्ध गराउन मद्दत गर्ने र यसले बजारलाई बढावा दिन्छ र वित्तीय सुरक्षा पनि कायम राख्ने अपेक्षा संस्थाको छ । नाइमाले सवारी साधनमा दिएको कर्जा सबैभन्दा कम डिफल्ट हुने गरेको समेत बताएको छ ।



About Us
प्रतिक्रिया