हिमालयन लाइफले बोलायो १७औं वार्षिक साधारण सभा, १४ प्रतिशत बोनस शेयर पारित गर्ने


काठमाडौं – हिमालयन लाइफ इन्स्युरेन्स कम्पनीले आफ्नो लगानीकर्ताहरुलाइ १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रताव पारित गर्न १७औं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ १४ गते सोमवार बसेको ३५ औं बैंठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले साधारणसभामा लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्नेछ । चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ ।

यस्तै, कर प्रयोजनका लागि कम्पनीले लगानीकर्तालाई कुनै पनि रकम दिएको छैन । यो रकम लगानीकर्ता स्वंमले तिर्नुपर्ने हिमालयन लाइफले जनाएको छ । बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब ३४ करोड ३२ लाख ३७ हजार रुपैयाँभन्दा बढी हुन आउँछ ।