ओरालो यात्रा तय गर्दै बिटक्वाइन

ओरालो यात्रा तय गर्दै बिटक्वाइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

विश्वकै महगो भर्चुअल करेन्सीको रुपमा रहेको बिट क्वाइनको मूल्य ओरालो लागेको छ । आज यसको मूल्य २० हजार अमेरिकी डलरमा झरेको हो । यो समाचार तयार पार्दा सम्म बिटक्वाइनको मूल्य १९ हजार ८०० डलरको हाराहारीमा रहेको छ । 

फोब्समा प्रकाशित समाचार अनुसार यो मूल्य गएको हप्ताकै सबैभन्दा कम हो । बिटक्वाइनको मूल्य २० हजार भन्दा माथि गएको केही समय पछि नै यो करेन्सीको मूल्य ओरालो लाग्न थालेको छ ।
त्यस्तै, अर्काे क्रिप्टोकरेन्सीको रुपमा रहेको इथरको मूल्यमा पनि ओरालो लागेको छ । हाल यसको मूल्य १५ सय अमेरिकी डलर रहेको छ ।