टेस्लाको पौने ९ खर्बको शेयर बिक्री

टेस्लाको पौने ९ खर्बको शेयर बिक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

विश्वकै धनी व्यक्तिको सुचिमा पहिलो नम्बरमा रहेका तथा विद्युतीय कार टेस्लाका संस्थापक तथा सिइओ एलन मस्कले कम्पनीमा रहेको आफ्नो ७९ लाख २० हजारभन्दा बढी कित्ता शेयर बिक्री गरेका छन् । उनले कुल ६.८८ अर्ब डलर अर्थात् ८ खर्ब ७५ अर्ब रुपैंया पर्ने शेयर बिक्री गरेका हुन ।

उनले यही अगस्ट महिनाको ५ र ९ तारिखमा आफ्नो शेयर बिक्री गरेको जनाएको छ । यसै बर्ष उनले कम्पनीको शेयर बिक्री नगर्ने जनाएका थिए । तर उनको र द्विटर कम्पनी किन्ने प्रकृया पुरा गरेका मस्कले पछि आफ्नो निर्णय परिवर्तन गरेका थिए । जसको कारणले उनको बिरुद्धमा अदालतमा मुद्धा दायर समेत गरिएको थियो । तर उनले द्विटरलाई किन्ने आकलन गरिएको छ । मस्कले शेयर बिक्री गरेका खबर सँगै मंगलबार टेस्लाको शेयर मुल्यमा गिरावट आएको हो । 

मंगलबार मात्रै दुई प्रतिशतले घटेको बजारमा बुधबार समेत २.४० प्रतिशतले ओरालो लागेको छ । आगामी दिनमा कम्पनीको शेयरमा गिरावट आउँने अनुमान शेयर जानकारले गरेका छन् ।