काठमाडौं – नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मूल्य बढेसँगै आज सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएकाे थियाे । आइतबार ५ सय रुपैयाँले घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार सुन सोमबार ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा १७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १७ सय ९० रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया