डलर शक्तिशाली हुँदा युरो २० वर्ष यताकै न्युन, डलर युरो विनिमय अनुपात १ :१

डलर शक्तिशाली हुँदा युरो २० वर्ष यताकै न्युन, डलर युरो विनिमय अनुपात १ :१

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

युरोपेली क्षेत्रको मुद्रा युरो र डलर बीचको विनिमय अनुपात आज १:१ रहेको छ । विगत २० वर्ष देखि डलर भन्दा शक्तिशाली देखिएको युरो आज सन् २००२ डिसेम्बर महिना यताकै न्युन हुन पुगेको हो ।

चार दशक यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रणमा अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले औसत ब्याज दर बढाउने घोषणा गरेपछि केही महिना यता डलर शक्तिशाली बनेको छ । डलर शक्तिशाली बनेसँगै युरो, पाउन्ड स्ट्रलिङ्ग, येन, युवान लगायतका प्रतिस्पर्धी मुद्रा अवमूल्यन हुँदै गएका छन् ।

यसैगरी फेब्रुअरी महिनामा पूर्वी युरोपियन देशहरुमा युद्ध चर्किएपछि युरोपेली मुलुकहरुले खद्यान्न तथा इन्धनको अभाव र चरम मूल्यवृद्धि भोगिरहेका छन् । युरोपको ब्रेड बास्केट मानिने युक्रेनमा इन्धन तथा प्राकृतिक ग्यासमा धनी राष्ट्र रुसले आक्रमण गरेपछि इन्धन अभावको समस्या बढेको हो ।

मुदास्फीति नियन्त्रण गर्न अमेरिका, बेलायत लगायतका युरोपेली देशहरुले औसत ब्याज दर वृद्धि गर्ने घोषणा गरेलगत्तै लगानीकर्ताहरुले सुरक्षित लगानीको उपकरणका रुपमा डलरलाई प्राथमिकता दिँदा डलर थप शक्तिशाली हुन पुगेको छ ।

यसै सम्बन्धमा स्टेट स्ट्रीट ग्लोबल मार्केटका म्यार्को स्ट्राटजिस्ट युटिङ सावले जोखिम कति लिने भन्ने लगानीकर्ताहरुको मनोविज्ञान अहिले विश्वबजारमा हाबी भएको र डलर अन्तराष्ट्रिय प्रचलनमा आउने मुद्रा भएको हुँदा लगानीकर्ताहरुले डलरमा लगानी बढाएपछि डलरको मागमा वृद्धि हुँदा अरु मुद्रा अवमूल्यन हुने, सेयरबजार अस्थीर भएको बताएका छन् ।