एशियाली सेयरबजार दुई वर्ष यताकै न्यून बिन्दुमा

एशियाली सेयरबजार दुई वर्ष यताकै न्यून बिन्दुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एशियाली केन्द्रीय बैंकहरुले मूल्यवृद्धि नियन्त्रणमा ब्याज दर वृद्धि गर्ने घोषणा गरेपछि र डलर शक्तिशाली हुँदा अन्य मुद्रा कमजोर भएपछि एशियाली सेयरबजार दुई वर्ष यताकै न्युन विन्दुमा पुगेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रुपमा व्यापत इन्धन अभाव, खाद्यान्न अभाव, उत्कर्षमा पुगेको मूल्यवृद्धि, संकुचित नीति अवलम्बन गर्ने प्रक्रियामा रहेका केन्द्रीय बैंक जस्ता कारणले विश्व सेयरबजार केही महिनादेखि अस्थिरताको भूमरीमा रहेको छ । यसैबीच एसियाली सेयरबजारको अवस्था पनि उत्तिकै नाजुक रहेको छ ।

मंगलबार जापान बाहिरको एशिया(प्यासिफीक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.८ प्रतिशतले ओरालो लागेको छ । निरन्तर ओरालो लागेको एमएससीआई दुई वर्ष यताकै न्युन ६३२ अंकमा पुगेको छ । यसैगरी जापानी सेयर सूचांक निकेई १.७५ प्रतिशत घटेको छ ।

डलर शक्तिशाली भएसँगै युरो डलर विनिमय अनुपात १ः१ हुन पुगेको छ भने डलर येन विनिमय अनुपात १ः१३७ हुन पुगेको छ ।

चीनमा कोभिड–१९ संक्रमण फैलिएपछि केही सहरहरुमा लकडाउन हुँदा चिनियाँ लगानीकर्ता चिन्तामा परेका छन् । ओमिक्रोनको अर्को सब–भेरियन्टबाट संक्रमितको सङ्ख्या वृद्धि भएपछि चीनका केही सहरहरुमा लकडाउन अवलम्बन गरिएको छ ।

कोभिड–१९लाई लिएर चीनको शून्य सहिष्णुता, अमेरिका, बेलायत, क्यान्डा लगायतका देशहरुले गरेको औसत ब्याजदर बढाउने निर्णय र दुई दशक यताकै उच्च हुन पुगेको डलरबाट एसियाली सेयरबजार प्रभावित भएको छ ।