साताको शेयर बजार : बजार १.९ प्रतिशतले घट्याे, धेरै गुमाउनेमा जीवन बीमा

साताको शेयर बजार : बजार १.९ प्रतिशतले घट्याे, धेरै गुमाउनेमा जीवन बीमा


काठमाडौं – यो साता शेयर बजार १.९ प्रतिशतले घटेको छ । गत साता २७३४ अंकमा रहेको बजार यो साता २६८२ अंकमा झरेको हो ।

यो साता पाँच दिन कारोबार हुँदा एक दिन मात्रै बजार बढेको हो भने चार दिन बजारमा गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेको थियो भने सोमबार पनि सोहि क्रम जार िरहेर बजार १२.८४ र मंगलबार ६।३२ अंकले बजार घट्न पुग्यो । बुधबार भने ४५.८८ अंकले बजार बढेको थियो । साताको अन्तिम कारोबार बिहीबार ३३.४२ अंकले बजार घटेर बन्द भएको हो ।

यो सातामा बजारमा आएको गिरावटले कारोबार रकममा समेत प्रभाव परेको देखिन्छ । यो साताको कारोबारको पहिलो दिन आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएको थियो । सोमबार ५ अर्ब ६२ करोड, मंगलबार ४ अर्ब ४१ करोड, बुधबार ५ अर्ब ५ करोड र बिहीबार ६ अर्ब १४ करोडको शेयर कारोबार भएको हो ।

यो साता समग्र बजारमा गिरावट आउँदा अधिकांश सूचकमा गिरावट आएको छ । यो साता सबैभन्दा धेरै गुमाउनेमा जीवन बीमा समूह रहेको छ । सो समुहको बजार ५.८८ प्रतिशत घटेको छ । गत साता समग्र बजार घट्दा पनि यो समूह १.३७ प्रतिशत बढेको थियो ।

यो साता फाइनान्स ३.२ प्रतिशतले घटेको छ । गत साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ७.४ प्रतिशत घटेको थियो । बजारको शक्तिशाली क्षेत्र बैंकिङ्ग क्षेत्र ०.९० प्रतिशत घट्दा हाइड्रोपावर १.९ प्रतिशत घटेको हो ।