काठमाडौं – आई.सि.एफ.सि.फाइनान्स कम्पनीले आफ्ना शेयर धनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालन समितिको आज ( मंसिर २५) गते बसेको बैठकको निर्णयअनुसार कम्पनीले ५ प्रतिशत लाभांश दिने भएको हो ।
आर्थिक बर्ष २०८०/८१ को मुनाफाबाट २०८० आषाढ मसान्त सम्मको कायम रहेको चुक्ता पुँजी १ अर्ब १८ करोड २४ लाख ७० हजार ९ सय ६० रुपैयाँको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया