काठमाडौं – हिमालयन डिस्टिलरीले आफ्ना शेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई २० प्रतिशत लाभांस घोषणा गरेको हो ।
कोभिडकालमा शतप्रतिशतसम्म लाभांस घोषणा गर्ने यो कम्पनी पछिल्लो समय लाभांसको दर घटाउँदै लैजान थालेको छ । कम्पनीको सञ्चालक समितिको प्रस्तावअनुसार १५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांस छ ।
लाभांसको दर घट्दै आएपछि हिमालयन डिस्टिलरीको शेयर मूल्य समेत घट्दै आइरहेको छ । एक समय ६ हजार रुपैयाँ प्रतिकिक्ताभन्दा माथि पुगेको यो कम्पनीको शेयर मूल्य यतिबेला १३ सय अंक हाराहारीमा आइपुगेको छ ।
प्रतिक्रिया