हिमालयन डिस्टिलरीको लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, बोनस र नगद कति ?


काठमाडौं –हिमालयन डिस्टिलरी लिमिटेडले शेयरधनीहरुलाई नगद लाभांश घोषणा गरेको छ कम्पनीले सञ्चालन समितिको २४ औ वार्षिक साधारणसभाबाट शेयरधनीहरुलाई नगद लाभांश,बोनस शेयर तथा बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक बर्ष २०८०/८१ मुनाफाबाट कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश प्रयोजनार्थ समेत) दिने भएको छ ।

कम्पनीले यहि पुष १९ गतेको लागि बुक क्लोजको मिति तय गरेकाले पौष १८ सम्म कायम शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन।