काठमाडाैं – मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले १६ औं वार्षिक साधारसभा डाकेको छ । कम्पनीको वार्षिक साधारणसभा पुष २१ गते (५ जनवरी २०२५) काठमाडौंको धुम्बाराहीमा बस्ने भएको हो ।
कम्पनी सञ्चालन समितिको मंसिर १९ गते बसेको बैठकले १६ औं बार्षकि वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार वार्षिक साधारणसभामा संचालन समिति प्रतिवेदन उपर छलफल गर्ने, लेखापरिक्षणकको प्रतिवेदनमा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायताका प्रस्ताव गर्नेछ ।
कम्पनी ऐन २०६३ को दफा १११ अनुसार २०८१/८१ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक सम्बन्ध साधारणसभा प्रस्ताव हुनेछ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा नियमावलीमा गरिने संशोधन थप नियमकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियम संशोधन परिमार्जन गर्न संचनलक समितिलाई अख्तियारी प्रधान गर्ने लगायतका विशेष प्रस्ताव राखिएको छ ।
प्रतिक्रिया