काठमाडौं – स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । एसोसिएसनको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा ढकाल ४५ मत ल्याई विजयी भएका हुन् ।
२ वर्षे कार्यकालका लागि भएको निर्वाचनको अध्यक्षमा ढकालसहित राजकुमार तिमल्सिनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा ढकाल विजयी भएका हुन् । उनीहरु आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा होमिएका थिए ।
आजै सम्पन्न निर्वाचनमा कूल ८८ मत खसेकामा तिमल्सिनाले ४३ मत ल्याए । यसैगरी एसोसिएसनको उपाध्यक्षमा रितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, सचिवमा विनय पौडेल र कोषाध्यक्षमा मदन पौडेल निर्वाचित बनेका छन् ।
कार्यसमिति सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, प्रियन्सु अग्रवाल र जयन्त श्रीवास्तव निर्वाचित बनेका छन् । अध्यक्षमा निर्वाचित ढकाल ब्रोकर नं ६३ (हिमालयन ब्रोक्रेज) का सञ्चालक समेत हुन् ।
प्रतिक्रिया