श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश


काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालन समितिको मंसिर १८ गते बसेको ३५० औं बैठकले लाभांश घोषणा गरेको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १.९६४१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १.८६५९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.०९८२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको ३० औं वार्षिक साधारणसभाको बैठकबाट पारित भएपछि वितरण हुनेछ ।