लगानीकर्ताले चित्त बुझाएनन् मौद्रिक नीतिको मौनता, नेप्से ९ अंकले घट्यो

लगानीकर्ताले चित्त बुझाएनन् मौद्रिक नीतिको मौनता, नेप्से ९ अंकले घट्यो

विकास बैंक समूहको मूल्यमा ४.५२ प्रतिशतकाे वृद्धि


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशलमव ९९ प्रतिशतले घटेर २ हजार ७३८ अंकको बिन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ ।

आज ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ । आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । आज विकास बैंक समूहको ४.५२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३० प्रतिशत र व्यापार समूहको ९.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।