८ अंकले घटेको बजारमा ८ अर्ब ५४ करोडको कारोबार

८ अंकले घटेको बजारमा ८ अर्ब ५४ करोडको कारोबार

विकास बैंक समूहमा १.०५ प्रतिशतकाे वृद्धि


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशलमव ३० अंकले घटेर २,७४८ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ६६ लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विशाल बजार र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ८ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज १० उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.०५ प्रतिशत, जीवन बीमा समूहको ०.४७ प्रतिशत र व्यापार समूहको ९.२५ प्रतिशतले बढेको छ ।