काठमाडौं – एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी मंसिर २१ गते आफ्ना शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । गत ११ गते मंगलबार बसेको १३८ औं बैठकले आफ्ना शेयरधनी दर्ता किताब बन्द हुने, लाभांश घोषणा, हकप्रद शेयर निष्काशन र सञ्चालकहरुको निर्वाचन सम्बन्धि जानकारी गराएको हो ।
कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागी शेयर दाखील खारेज बन्द भएको अघिल्लो दिनदेखि शेयरधनीलाई कम्पनीको मुनाफा मध्येबाट १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७ सयको पाँच प्रतिशत ६ करोड ११ लाख ६० हजार ५८५ बराबरको शेयर ० दशमलव २३२ प्रतिशतको प्रतिशतका दरले ३२ लाख १८हजार ९ सय ७८ रुपैंयाँ बराबर लाभाशं वितरणका लागी शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको जनाएको हो । ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बोनस शेयर वितरण पश्चातः कायम हुन आउने चुक्ता पुँजीको एक बराबर एक कित्ता हकप्रद शेयर (नियामकिय निकायको स्वीकृति पश्चात) निष्काशन गर्नको लागी सिफारिस सहित आगामी वार्षिक साधारणसभा समक्ष प्रस्ताव पेश गर्ने बताएको छ ।
प्रतिक्रिया