काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोसनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्री परिसदको बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त श्रेष्ठले आज बोर्डको अध्यक्षकारुपमा पदभार ग्रहण गरेका हुन् ।
श्रेष्ठले मंगलबार साढे ५ बजे अर्थमन्त्रालयमा सपथ लिएका थिए । मंगलबार अर्थमन्त्री विष्णु पौडेलसँग पद तथा गोपनियताको सपथ लिएसँगै आज पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्नेक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सेबोनलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता गरे । हाल सेबोन भाडाको घरमा बस्दै आइरहेको छ । सोहिकारण आफ्नो कार्यकालमा बोर्डको आफ्नै भवन निर्माण गर्ने उनको भनाई छ ।
यसैगरेर पुँजीबजारको विकासका लागि दिनरात नभनेर लागि पर्ने उनले बताए । ‘नेतृत्व अभावमा धेरै काम थाती छन्’, उनले भने, ‘ती काम पूरा गर्नेछु । यस्तै, पुँजी बजारको दायरा बिस्तार गर्दै लगानीकर्ताको पक्षमा काम गर्छु ।’ पदभार ग्रहण गर्ने क्रममा उनले पहिलो कामका रुपमा एभरेस्ट बैंकको बोनस शेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरे ।
धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिका लागि सिफारिस समितिले प्रस्तुत कार्ययोजना र अन्तर्वार्ताको आधारमा सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, र डा. नवराज अधिकारीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
प्रतिक्रिया