बजारमा बढ्यो नगद परिचालन

बजारमा बढ्यो नगद परिचालन


काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्मको तथ्यांकमा बजारमा नगद परिचालन बढेको छ ।

तथ्यांकअनुसार कात्तिकसम्म बजारमा ७ खर्ब ४५ अर्ब ९१ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो।

यो ३ महिनाको अवधिमा नगद परिचालन ९.६९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा सरकारी कोषको आकार १९९.३० प्रतिशतले बढेको छ ।

गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। कात्तिकसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ९१ अर्ब ४१ करोड रुपैयाँको उचाइमा पुगेको छ।

कात्तिकसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब १७ अर्ब ४ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ थियो।