बैंकिङ्ग निक्षेप र कर्जा दुवैमा गिरावट, अन्य सूचक कस्ता ? 

बैंकिङ्ग निक्षेप र कर्जा दुवैमा गिरावट, अन्य सूचक कस्ता ? 


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप २ अर्ब रूपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ८ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३५ अर्ब निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन भएको थियो । 

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन २ अर्ब रूपैयाँले घटेको छ । मंसिर ७ गते ५९ खर्ब २ अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले ८ गते ५९ खर्ब संकलन गरेका छन् । 

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको  छ । मंसिर ७ गते ५२ खर्ब ९२ अर्ब रूपैयाँ कर्जा प्रवाह भएकोमा ८ गते ५२ खर्ब ९१ अर्ब रूपैयाँ प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा स्थिर रहेको छ । अघिल्लो दिन ४६ खर्ब ८६ अर्ब रूपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले ८ गतेपनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् । 

केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.४२  प्रतिशत रहेको छ । त्यस्तै, अन्तरबैंक ब्याजदर २.९६  प्रतिशत कायम भएको छ।