काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले ३ वर्षे अवधि विकास ऋणपत्र–२०८४ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
यसको बोलकबोल भोलि हुनेछ भने १३ गते ऋणपत्र निष्कासन हुने कार्यालयले जनाएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् ।
ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले उक्त कार्यालयको वेबसाइट एवं राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली सफ्टवेयरमार्फत् समानान्तर रूपमा बोलकबोल पेस गर्न सक्नेछन् ।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।
प्रतिक्रिया