काठमाडाैं – नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ रकम खिच्न बोलकबोल आह्वान गरेकोमा बैंकहरू साढे ९ अर्ब रुपैयाँ मात्र राख्न तयार भएका छन् ।
मंसिर ९ गते राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्न खोजेकोमा बैंक तथा वित्तीय संस्थाहरूले साढे ९ अर्ब रुपैयाँको बोलकबोल गरेका हुन् । साे निक्षेप बोकलबोलमा ४ बैंकहरुले ९ अर्ब ५० करोडको बोलकबोल गरेका छन् । उनीहरूले ३ प्रतिशतमा निक्षेप राखेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कात्तिक २५ गतेको नियमित ५० अर्बको निक्षेप बोलकबोलमा बैंकहरुले ५९ अर्ब ६५ करोड रुपैयाँ राख्ने चाहा गरेका थिए । त्यसप्रश्चात् केन्द्रीय बैंकले १ खर्ब ९० अर्बको लागि कबोल माग गरे पनि बैंकहरुले मात्रै ६७ अर्ब २५ करोडको मात्र कबाेल गरेका छन् ।
प्रतिक्रिया