काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा हरियाली छाएको छ । आइतबार १३ दशमलव ०३ अंकले घटेको शेयर बजारमा मापरक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज १५ दशमलव ८३ अंकको वृद्धि देखिएको छ ।
आज बजार बढेसँगै १६९ कम्पनीले नाफा कमाएका छन् भने ६७ कम्पनी घाटामा गएका छन् । आज बजार बढेपनि कारोबार रकमा भने गिरावट आएको छ । आइतबार ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ६अर्ब ३५ करोड रूपैयाँको मात्र कारोबार भएको ।
आज १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार हुँदा सबैभन्दा धेरै बेस्ट फाइनान्स लिमिटेड र सुपर म्यादी हाइड्रो पावरका लागनीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ९ दशमलव ३१ का दरले कमाएका हुन्।
आज सबैभन्दा धेरै न्यादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यो कम्पनीको ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै न्यादी ग्रुप पावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
आज बैंकिङ्ग समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत, फाइनान्स समूहको २.२७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया