सुनचाँदीको भन्सार घटेपछि निजी क्षेत्र उत्साहित

सुनचाँदीको भन्सार घटेपछि निजी क्षेत्र उत्साहित


काठमाडौं – सरकारले सुनको आयातमा लाग्दै आएको २० प्रतिशत भन्सार शुल्क १० प्रतिशतमा झारेपछि निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) कोसी प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै सुनको भन्सार मूल्य घटाउने निर्णयको स्वागत गरेको हो ।

यस्तै, परिसंघले चादीको भनसार दर ५ प्रतिशत घटाएर १० प्रतिशत कायम गर्ने निर्णयको समेत स्वागत गरेको छ । विगत वर्ष र यस वर्षको सुन आयातलाई तुलनात्मकरुपमा हेर्दा चालु आवको पहिलो चौमाशिक १ लाख ३० हजार किलोग्राम मात्र आयात भएको छ । जबकी, विगतका वर्षमा यही अवधिमा १० लाख किलोग्रामभन्दा बढी आयात भएको तथ्यांक देखिन्छ ।

सरकारले सुन चादी लगायत केही अन्य वस्तु मार्बल ग्रेनाइट, दालमा भन्सार मूल्य अभिवृद्धि कर, अग्रिम आयकर घटाउँदा सरकार अर्थतन्त्रप्रति चिन्तित छ भन्ने दर्शाउने परिसंघले जनाएको छ ।