काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ६ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३२ अर्ब निक्षेप रहेको छ । अघिल्लो दिन पनि बैंकिङ्ग प्रणालीमा सोही रकम बराबरको निक्षेप संकलन भएको थियो ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन १ अर्बले बढेको छ । मंसिर ५ गते ५८ खर्ब ९७ अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले ६ गते ५८ खर्ब ९८ अर्ब संकलन गरेका छन् ।
सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह १ अर्ब रुपैयाँले बढेको छ । मंसिर ५ गते ५२ खर्ब ८९ अर्ब कर्जा प्रवाह भएकोमा ६ गते ५२ खर्ब ९० अर्ब प्रवाह गरेका छन् ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले ४६ खर्ब ८६ अर्ब कर्जा प्रवाह गरेका छन् । अघिल्लो दिन ४६ खर्ब ८४ अर्ब प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.४३ प्रतिशत रहेको छ । त्यस्तै, अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत कायम भएको छ।
प्रतिक्रिया