काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
बोनस शेयर वितरणपश्चात कम्पनीको हाल कायम चुक्ता पूँजी ११ करोड १२ लाख ३५ हजार रुपैयाँ वृद्धि हुनेछ । गत साता बजार बन्द हुँदा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७०५ रुपैयाँ छ ।
प्रतिक्रिया