काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेर बन्द भएको हाे । दोरोरो अंकले परिसूचक घटेसँगै बजार २६ सय ८० दशमलव ३१ को बिन्दुमा बन्द भएको छ । आज १ सय ९७ कम्पनी घाटामा जाँदा ४३ कम्पनी फाइदामा गएका छन् ।
आज ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
ङादी ग्रुप पावरको २३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोको १९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्।
प्रतिक्रिया