काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र व्यापारी (स्टक डिलर) हरुका लागि कारोबार योग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । नेप्सेले आज (बिहीबार) धितोपत्र व्यापारीका लागि याेग्य ११२ कम्पनीकाे नाम सार्वजनिक गरेकाे हाे ।
जसमा १९ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २५ वटा जलविद्युत कम्पनी र दुईवटा अन्य समूहका कम्पनी छन्।
नेप्सेले धितोपत्र व्यापार (स्टिक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरु दफा ३(३) बमोजिम चालु आर्थिक वर्ष २०८१/८२ का लागि अद्यावधिक गरिएको जनाएको छ।
प्रतिक्रिया