लाइन काटिएका उद्योगमा तत्काल विद्युत जोड्ने प्राधिकरण सञ्चालक समिति बैठककाे निर्णय

लाइन काटिएका उद्योगमा तत्काल विद्युत जोड्ने प्राधिकरण सञ्चालक समिति बैठककाे निर्णय


काठमाडाैं – नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगहरुमा तत्काल बिद्युत जडान गर्ने निर्णय गरेको छ । मंगलबार ऊर्जा मन्त्रालयमा बसेको सञ्चालक समिति बैठकले यस्तो गरेको हो।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्न उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अगाडि बढ्न उर्जामन्त्री दीपक खड्काले हिजो डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्व गठित जाँचबुझ आयोगको प्रतिवेदनसमेत सार्वजनिक गरिसकेका छन् ।

मन्त्रिपरिषद्‍ले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता असुल गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिइसकेको छ । सो निर्णय कार्यान्वयनमा जाँदा १५ दिनभित्र करिब ६ अर्ब रुपैयाँ बक्यौता उठ्ने अनुमान गरिएको छ ।