काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक २१ गते वुधबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो । अघिल्लो दिन कात्तिक २० गते सोमबार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ३६ अर्ब बराबरको निक्षेप संकलन भएको थियो । यसरी हेर्दा एक दिनमा बैंकिङ्ग प्रणालीको निक्षेप संकलन ११ अर्बले बढेको देखिन्छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा ९ अर्बले बढेको देखिन्छ । कात्तिक २० गते ५९ खर्ब २ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले २१ गते ५९ खर्ब ११ अर्ब निक्षेप निक्षेप संकलन गरेका छन् । सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ । कात्तिक २० गते ५२ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले २१ गते ५२ खर्ब ७६ अर्ब कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा भने १ अर्बले घटेको छ । गत कात्तिक २० गते ४६ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंंकहरुले २१ गते ४६ खर्ब ७० रकम बराबरको कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ। साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८ दशमलव ५ प्रतिशत कायम भएको देखाएको छ।
प्रतिक्रिया