काठमाडौं – काठमाडौं फिन्टेक र फिन्टेक अलाइन्स नेपालको सह–आयोजनामा ‘डिजिटल बैंकिङ्ग कन्फ्रेस २०२४ ’ आयोजना हुने भएको छ । काठमाडौंमा हुने एकदिने कन्फ्रेन्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका डिजिटल बैंकिङ्ग क्षेत्रका विज्ञले सम्बोधन गर्नेछन् ।
सम्मेलनमा डिजिटल बैंक रूपान्तरणको रणनिती कस्तो हुनुपर्छ, कार्यदिशा अनि कार्यान्वयनमा के कस्ता चुनौतीहरूलाई ध्यान दिनुपर्छ, सम्भावित अवसरहरू के–के छन्, ब्लकरहरुलाई कसरी पार गर्ने अनि डिपेन्डेन्सीहरुलाई कसरी मिलाउँदै जाने लगायतका विषयहरूमा बृहत् छलफल हुनेछ।
सो कन्फ्रेन्सलाई कोटक महिन्द्र बैंकका उच्च तहका पूर्व व्यवस्थापक र सूर्योदय स्मल फाईनेन्स बैंकका सञ्चालक दीपक शर्मा, डिजिटल फिफ्थका संस्थापक समीर सिंह जैनी, डेसिमल टेकका संस्थापक ललित मेहता र साथै नेपाली वित्तीय क्षेत्रका उच्च पदस्थ व्यवस्थापकहरूले सम्बोधन गर्नेछ ।
फिन्टेक अलाइन्स नेपालका अध्यक्ष साजन शर्माले डिजिटल बैंकिङ्ग कन्फ्रेन्सले नेपाली बैंकिङ्ग क्षेत्रलाई नयाँ युगमा प्रवेश गराउन सहयोग गर्ने भनाइ राखे । काठमाडौं फिन्टेकका संस्थापक तथा कन्फ्रेन्सका आयोजक सञ्जीव सुब्बाले यो कार्यक्रमले नेपाली बैंकहरुलाई डिजिटल रूपान्तरणका विभिन्न आयामहरू केलाउन, सञ्चालन जोखिम घटाउन, ग्राहकलाई उच्च गुणस्तरीय छिटो छरितो र सहज ढङ्गबाट सेवा प्रदान गर्न र दिगो रूपमा सफल हुन सघाउने विश्वास व्यक्त गरे ।
फिन्टेक अलायन्स नेपाल देशका विभिन्न फिन्टेक संस्थाहरूको साझा सञ्जाल हो। काठमाडौं फिन्टेक वित्तीय क्षेत्रमा प्रविधि, व्यवस्थापन र साथै फिन्टेक प्रणालीको रूपान्तरण, तालिम, शोध आदिको लागि स्थापना भएको संस्था हो।



About Us
प्रतिक्रिया