चल्न थाल्यो भैरहवा विमानस्थल: एयर एसियाले उडान थाल्यो, जजिराले पुनः उडान सुरु गर्ने

चल्न थाल्यो भैरहवा विमानस्थल: एयर एसियाले उडान थाल्यो, जजिराले पुनः उडान सुरु गर्ने


काठमाडौं – एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक–भैरहवा–बैंकक उडान सुरु भएको छ । एयर एसियाले आज आइतबारदेखि भैरहवादेखि बैंकक उडान सुरु गरेको हो ।

यसअघि जजिरा एयरले समेत कुवेतदेखि भैरहवा उडान सुरु गरेको थियो । तर, यात्रु नपाएपछि जजिराले उडान रोकेको थियो । यसपछि नेपाल एयरलाइन्सले भैरहवाबाट मलेसिया उडान भर्दै आइहेको छ ।

सरकारले भैरहवा उडान भर्ने कम्पनीका लागि विशेष सुविधाको घोषणा गरेको छ । तर, यात्रु नपाउने डरले कम्पनीहरुले उडान भरेका छैनन् । यद्यपी, भैरहवामा उडान भर्नका लागि धेरै वटा हवाई कम्पनी तत्पर देखिएको बताइएको छ ।

भैरहवादेखि बैंककको भाडादर १२ हजार (एकतर्फी) कायम भएको छ । यस्तै, यही नोभेम्बर ९ देखि नै जजिरा एयरले समेत पुनः उडान भर्ने तयारी गरिरहेको विमानस्थलले जानकारी दिएको छ ।