साताको सुन कारोबार : ७ सय रुपैयाँले मूल्य बढ्यो  

साताको सुन कारोबार : ७ सय रुपैयाँले मूल्य बढ्यो  


काठमाडौं –  अघिल्लो साताको कारोबारमा हरेक दिन बढ्दै कीर्तिमानी राखेको सुनको मूल्यमा याे साता उतारचढाव कायम रह्यो । अघिल्लो साता २४ सयले बढेको सुनको मूल्यमा यो सातामा ७ सयको वृद्धि देखियो ।  साताको पहिलो कारोबारको दिन आइतबार  प्रतितोला छ सय रुपैयाँ घट्दै सुरु भएको सुनको मूल्यले शुक्रबार १ सय रुपैयाँले बढ्दै उच्च मूल्यको कीर्तिमानी कायम राख्यो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म १ लाख ६१ हजार तीन सय रुपैयाँ पुग्यो । यो साताको आइतबार ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले घट्यो ।

यस्तै, आइतबार र सोमबारका साथै मंगलबार पनि सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँको गिरावट देखियो ।   तीन दिनसम्म घटेको सुनको मूल्ये बुधबारदेखि शुक्रबारसम्म बढ्यो । बुधबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य, बिहीबार र शुक्रबार १ सय रुपैयाँले बढ्यो ।  

कुन दिन कति थियो सुनको मूल्य ?

आइतबार– १ लाख ६० हजार छ सय रुपैयाँ

सोमबार –१  लाख ६० हजार पाँच सय रुपैयाँ

मंगलबार–  १ लाख ६० हजार रुपैयाँ

बुधबार–  १ लाख ६० हजार आठ सय रुपैयाँ 

बिहीबार – १  लाख ६० हजार नौ सय रुपैयाँ 

शुक्रबार – १ लाख ६१ हजार तीन सय रुपैयाँ