एकैदिन ८ अर्बले बढ्यो निक्षेप संकलन, अन्य सूचक कस्ता ?

एकैदिन ८ अर्बले बढ्यो निक्षेप संकलन, अन्य सूचक कस्ता ?


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन ८ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको असोज १४ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको छ । असोज १३ गते भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ६४ अर्ब निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ८ अर्बको वृद्धि देखिएको छ । असोज १३ गते ५८ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले १४ गते ५८ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेका छन् । सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा पनि ४ अर्बको वृद्धि देखिएको छ । असोज १३ गते ५२ खर्ब ४४ खर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १४ गते ५२ खर्ब ४८ अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा मा पनि केही सुधार देखिएको छ । गत १३ गते ४६ खर्ब ४३ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले १४ गते ४६ खर्ब ४७ बराबरको कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.५२ प्रतिशत कायम भएको देखाएको छ ।