काठमाडौं – नेपालका लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले यही २०८३ साल कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। सात दिनसम्म सञ्चालन हुने यस मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने अवसरका साथै विभिन्न आकर्षक अफर र सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
‘टिभिएसमा अपग्रेड गर्नु हुनेहरूलाई, अब टिभिएसको महा एक्सचेन्ज मेलामा पाउनुहोस् अचम्मैका अफरहरू’ भन्ने मुख्य सन्देशका साथ आयोजना हुन लागेको यस मेलाले ग्राहकहरूलाई सहज, किफायती र लाभदायक एक्सचेन्ज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
मेलाको प्रमुख आकर्षणका रूपमा ‘टिभिएस गोल्डेन की अफर’ रहेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की अथवा १० लाखसम्मको नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन्। साथै, मेलालाई थप रोमाञ्चक बनाउन हरेक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन्।
ग्राहकहरूले आफ्ना पुराना सवारीसाधनको उचित तथा आकर्षक मूल्यांकन प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटरहरूको व्यवस्था गरिएको छ। यसबाट ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट एक्सचेन्ज मूल्य प्राप्त गर्दै नयाँ टिभिएस सवारीसाधनमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।
त्यसैगरी, ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स प्रक्रिया समेत उपलब्ध गराइनेछ। आवश्यक योग्यता तथा वित्तीय संस्थाका सर्तहरूको अधीनमा रहने यस सुविधाले नयाँ सवारीसाधन खरिद प्रक्रियालाई थप सरल बनाउने विश्वास कम्पनीले लिएको छ।
जगदम्बा मोटर्सले सम्पूर्ण इच्छुक ग्राहकहरूलाई २०८३ साल कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘अचम्मैको महा एक्सचेन्ज मेला’ मा सहभागी भई आफ्ना पुराना सवारीसाधनको मूल्यांकन गराउन र विशेष अफरहरूको फाइदा उठाउन आग्रह गरेको छ।






About Us
प्रतिक्रिया