बैंकबाट अझै बढेन लगानी, एकैदिन ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकबाट अझै बढेन लगानी, एकैदिन ५० अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज एकैदिन ५० अर्ब तान्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह बढ्न नसक्दा बैंकिङ्ग क्षेत्रमा अत्यधिक तरलता हुन थालेको छ । यसै समयमा केन्द्रीय बैंकले ७ दिनको लागि निक्षेप संकलन उपकरण मार्फत बोलकबोल गर्ने भएको हो ।

यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

नक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ भने निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निक्षेप संकलन गरिएकोरकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सोरकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बताएको छ । यसको साँवा तथा ब्याज भुक्तानी असोज २३ गते हुनेछ ।