न्यास–आईटी अवार्ड्स २०२४ सम्पन्न

न्यास–आईटी अवार्ड्स २०२४ सम्पन्न


काठमाडौं – नेपालको आईटी उद्योगमा उत्कृष्टता प्रदर्शन गर्ने उत्कृष्ट बुद्धिजीवीहरूलाई सम्मान गर्ने कार्यक्रम, न्यास-आईटी अवार्ड्स २०२४ सम्पन्न भएको छ । यो कार्यक्रम नेपालको डिजिटल रूपान्तरणलाई अगाडि बढाइरहेको नवीनता र प्रविधिगत प्रगतिको प्रमाण भएको न्यास आईटीले जनाएको छ ।

न्यास–आईटी का अध्यक्ष सन्तोष कोइरालाले आईटी उद्योगमा उत्कृष्टतालाई सम्मान गर्ने र प्रोत्साहन गर्ने न्यास–आईटी अवार्ड्सको महत्वमा जोड दिए । न्यास-आईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठले संगठनको यात्रा र न्यास-आईटी अवार्ड्स ब्रुनेईको यात्राको दृष्टिकोणबारे जानकारी गराए ।

कार्यक्रममा सञ्‍चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको आईटी उद्योगको विकासलाई सरकारले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नवीनता र डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने न्यास-आईटी अवार्ड्सको योगदानको प्रशंसा गरे ।