फ्रान्सको आर्थिक वृद्धि अप्रत्याशित घट्यो, पहिलो त्रैमासमा १.३ प्रतिशत कमी

फ्रान्सको आर्थिक वृद्धि अप्रत्याशित घट्यो, पहिलो त्रैमासमा १.३ प्रतिशत कमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
फ्रान्सको सन् २०२२ को पहिलो त्रैमासको आर्थिंक वृद्धि दर अप्रत्याशित रुपमा घटेको छ ।

रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्न तथा इन्धनको मूल्यवृद्धि हुँदा उपभोक्ताले खर्च कटौती गरेपछि आर्थिक वृद्धि दर घटेको हो ।

फ्रान्सको आर्थिक वृद्धिको पारम्पारिक जग बनेको उपभोक्ता खर्च सन् २०२२ को पहिलो त्रैमासमा १.३ प्रतिशत कमी आएको छ । यसैकारण पहिलो त्रैमासको आर्थिक वृद्धि दर ०.७ प्रतिशत कायम भएको छ ।

उपभोक्ताहरुको क्रय शक्ति वृद्धि गर्नको लागि फ्रान्सले २५ बिलियन यूरो बराबरको राहत प्याकेज ल्याउने भएको छ । राहतको रकम इन्धन, ग्याँस र विद्युतको मूल्य वृद्धि कम गर्न र उपभोत्ताले गर्ने खर्चमा वृद्धि गर्नमा प्रयोग गरिने समाचार एसेन्सी रोयटर्सले जनाएको छ ।

मुद्रास्फीति दर बढ्दै र आर्थिक वृद्धि दर घट्दै गर्दा पनि त्यसको असर राष्ट्रपति चुनावमा भने परेको छैन । प्रजातान्त्रिक विचारधाराका मेरिन लि पेनलाई हराउँदै इम्यानुअल म्याक्रों पुनः राष्ट्रपति पदमा नियुक्त भएका छन् । पदभार सम्हाल्दै म्याक्रोंले मुद्रास्फीतिबाट प्रभावित हुन पुगेका न्यून आय भएका व्यक्तिहरुलाई राहत वितरण गर्ने र पेन्सनमा वृद्धि गर्ने योजना अघि सारेका छन् ।