नेप्सेले भन्याे – विश्लेषककाे लाइसेन्स दिइएकाे छैन, सामाजिक सञ्जालबाट जाेगिनु

नेप्सेले भन्याे – विश्लेषककाे लाइसेन्स दिइएकाे छैन, सामाजिक सञ्जालबाट जाेगिनु


काठमाडौं – शेयर बजार घट्न थालेपछि नेपाल स्टक एक्सचेञ्जले कसैलाई पनि बजार विश्लेषककाे लाइसेन्स वितरण नगरिएकाे बताएकाे छ । बजारमा छरपस्टरूपमा देखा पर्ने स्वघाेषित विश्लेषकमध्ये कसैलाई पनि लाइसेन्स नदिइएकाे नेप्सेले जानकारी दिएकाे हाे ।

एक सूचना जारी गर्दै नेप्से विश्लेषककाे लाइसेन्स कसैलालाई नबाँडेकाले स्वघाेषित विश्लेषककाे विश्लेषण सुनेर लगानी गर्दा जाेखिममा पर्ने जनाएकाे छ । साेहीकारण बुझेर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।

परिसूचक घट्न थालेपछि पछिल्लाे समय बजार झनै घट्ने विश्लेषण आउन थालेकाे छ । यहीकारण बजारकाे गिरावट झनै तलसम्म जाने विश्लेषण गर्दै नेप्सेले सामाजिक सञ्जालकाे माध्यमबाट हुने विश्लेषणमा विश्वास नगर्न भनेकाे हाे ।

नेप्सेले फेसबुक, ट्विटर, क्लब हाउसलगायतका सामाजिक सञ्जाल वा आमसञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिने सम्बन्धी नेप्सले सचेत गराएकाे हाे ।

यस्ताे छ नेप्सेद्वारा जारी सूचनाः