सन नेपाल लाइफद्वारा दुई बीमा योजना सार्वजनिक

सन नेपाल लाइफद्वारा दुई बीमा योजना सार्वजनिक


काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातौं वार्षिकोत्सव अवसर पारेर दुई बीमा योजना सार्वजनिक गरेको छ। सातौं वार्षिकोत्सव अवसरमा कम्पनीले सन लाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो।

सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ। यसना बीमा अवधिभित्र प्रस्तावकको निधन भए बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमांक रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम दिइनेछ। यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको कम्पनीले बताएको छ।

सनलाइफ मेडिकेयर आपतकालीन अवस्थामा औषधोपचार गर्न सहज होस् भन्ने उद्देश्यले सार्वजनिक गरिएको बीमा योजना रहेको र अस्पताल भर्ना भएर गरिने औषधोपचारमा १ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ।

कम्पनीले वार्षिकोत्सव अवसरमा सन्देशमूलक भिडियो लोकार्पण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देश रहेको कम्पनीले बताएको छ।

कम्पनीले सूचना सुरक्षा व्यवस्थापनसँग सम्बन्धित आईएसओ २७००१ संपरीक्षण भएको र आगामी दिनमा कम्पनीलाई स्तरीकरण गर्न उक्त व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाएको छ। वार्षिकोत्सव अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सत्कर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ।