इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३७ हजार ८८७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखेको शेयर सो समयअवधिमा बिक्री नभएपछि कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएकाे मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ । सूचना प्रकाशित भएकाे मिति (आज असोज ७ गते ) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गैंडाकोट २ नवलपरासीमा आवेदन दिनुपर्नेछ ।