ग्रीन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन

ग्रीन डेभलपमेन्ट बैंकको शेयर संरचना परिवर्तन


काठमाडौं– ग्रीन डेभलपमेन्ट बैंकको शेयरको संरचना परिर्वतन भएको छ । संरचना परिर्वतनसँगे कम्पनीको संस्थापक समूहतर्फको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको छ ।

कुल कित्तामध्ये २६ लाख ४६ हजार ९ सय कित्ता संस्थापक समूहको र २५ लाख ४३ हजार १ सय कित्ता सर्वसाधारणको कायम भएको छ ।

बैंकको गएकाे चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।