वेवारिसे अवस्थामा त्रिभुवन विमानस्थलमा भेटियो करिब १० हजार ८ सय अमेरिकी डलर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा रोकिराखेको विमान भित्र वेवारिसे अवस्थामा प्रहरीले अमेरिकी डलर बरामद गरेको छ।
एक सय दरका एक सय आठ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर शनिबार साँझ प्रहरीले बरामद गरेको छ।

बुद्ध एयरको भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्याग भित्र वेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी प्रहरीले बरामद गरेको जनाएको छ।

 बरामद डलर आवश्यक कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको नेपाल प्रहरीले जनाएको छ।