न्यादी हाइड्रोपावरको लक इन अवधि सकिँदै

न्यादी हाइड्रोपावरको लक इन अवधि सकिँदै


काठमाडौं – न्यादी हाइड्रोपावर लिमिटेडको शेयर लक इन अवधि समाप्त हुने भएको छ। आगामी कार्तिक ४ गतेदेखि संस्थापक, कर्मचारी र स्थानी वासिन्दालाई जारी गरिएकाे शेयर लक–इन अवधि सकिने भएको हो ।

यो शेयर लकइन अवधि २०७८ सालको ५ मंसिरदेखि सुरु भएको थियो, जसको अन्तिम बाँडफाँट २०७८ सालको ५ कात्तिकमा सम्पन्न भएको थियो।

कम्पनीका संस्थापक, संस्थापकका कर्मचारी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले खरिद गरी लिएका शेयरहरू तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने व्यवस्था गरिएको थियो।

कम्पनीकाे संस्थापक शेयरधनी १ करोड ९लाख ५० हजार कित्ता शेयर, संस्थापक शेयरधनीका कर्मचारी ३ लाख कित्ता शेयर, कम्पनीका कर्मचारी ४५ हजार कित्ता शेयर स्थानीय बासिन्दा २ लाख कित्ता शेयर र प्रभावित कुल शेयर १ करोड २७ लाख ९५ हजार कित्ता शेयर रहेको छ ।